गाउँमै बालविकास केन्द्र स्थापना भएपछि डोसेराका बालबालिका हर्षित

बैतडी -शिवनाथ गाउँपालिका ५ डोसेरासेका बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौ लामो बाटो हिँडेरै विद्यालय पुग्नु पथ्र्यो ।बर्षादको समयमा बालबालिकाहरू विद्यालय पुग्नै समस्या हुन्थ्यो । तर, शिवनाथ गाउँपालिका वडा न–५ ले गाउँमै केदार बालविकास केन्द्रको स्थापना गरेपछि यहाँका बालबालिकाहरूलाई सहज भएको छ ।गाउँपालिकाले यहाँका बालबालिकाहरूको समस्यालाई मध्यनजर गर्दै विद्यालय स्थापनामा जोड दिएको गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले बताउनुभयो ।
विद्यालयको भवन निर्माण गर्नका लागी वडा कार्यालयले ३ लाख ५० हजार लाख रकम विनियोजन गरेको थियो। वडाको सहयोग स्थानीयवासीको श्रमदानले भवन निर्माण सम्पन्न भएको वडा अध्यक्ष केशव बहादुर चन्दले बताए। भवन सम्पन्न भएसँगै विद्यालयमा आज( आईतबार) बाट पठनपाठन सुरु समेत भएको उनले बताए । बाल कक्षामा २० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका जयन्ती रावल धनाडीले बताईन् ।


गाउँमै विद्यालय स्थापना भएपछि यहाँका नागरिकहरूले स्थानीय सरकार नागरिकहरूको समस्यामा साथमै रहेको महशुस गरेका छन ।घर नजिकै विद्यालय नहुँदा नानीहरूलाई विद्यालय र्पुयाउन नै समस्या हुँदै स्थानीय तपेन्द्र सिंह धनाडीले बताए ।उनी भन्छन, गाउँमै विद्यालय स्थापनाले नानीहरूलाई सजिलो मात्रै भएको छैन, हामीलाई समेत राहत मिलेको छ ।’ विद्यालय स्थापनाको लागि स्थानीय शुक्र सिंह धनाडीले निशुल्क जग्गा प्रदान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.