जोशीबुङगा माद्यमिक बिद्यालयमा ५ दिने आयुर्वेद तथा योग शिक्षा सुरु

 बैतडी -जिल्लाको दशरथचन्द नगरपालिका मुस्याचौर आयुर्वेद औषधालयको आयोजनामा बिद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरु भएको छ । दशरथचन्द–९ जोशीबुङगा माध्यमिक विद्यालयमा ५ दिन योग शिक्षा कार्यक्रम शुरु भएको हो ।
कार्यक्रममा मुस्याचौर आयुर्वेद औषधालयका बैद्य राजेन्द्रकान्त दयालले आयुर्वेद चिकित्सा हाम्रो मौलिक चिकित्सा पद्दती भएकोले बिद्यालयस्तरबाट नै यसबारेमा बुझाउनु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा आयुर्वेद चिकित्साको परिचय र महत्व, स्वस्थवृत्त (दिनचर्या, ऋतृचर्या, आहारविहार, जीवनशैली) सम्बन्धी सचेतना तथा स्थानीयस्तरमा प्राप्त हुने जडिबुटीको उपयोगिताबारे जानकारी गराउन र योगको बारेमा जानकारी दिनुका साथै योगका विभिन्न क्रियाकलापहरूको अभ्यास गराइने मुस्याचौर आयुर्वेदिक औषधालयका प्रमुख कविराज सिक्देलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.