काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली कर्णाली याक्समा अनुबन्ध दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर आज नेपाल आउने भएका छन् ।
मिलर बिहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने कर्णाली याक्सले जनाएको छ । तेस्रो संस्करणको एनपीएलको लागि कर्णालीले टेष्ट राष्ट्र दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर मिलरलाई अनुबन्ध गरेको थियो । ३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरु खेलेका छन् ।
यस्तै यसअघि काठमाण्डौ आइसकेका काठमाण्डू गोर्खाजमा आवद्ध अस्ट्रेलियन क्रिकेटर डेविड वार्नरले अस्ति सोमबार कर्णाली याक्ससँगको खेल खेलिसकेका छन् ।
एनपीएलमा आज बुधबार विश्राम दिन रहेको छ ।