बैतडीको पाटन नगरपालिका पूर्ण खोपयुक्त पालिका घोषणा

बैतडी- बैतडीको पाटन नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमकाबिच पाटन नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार नगरपालिकाका १० वटै वडामा खोप लगाउने उमेर समूहका बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिंह महराले जानकारी दिए । १० वटै वडाका १६ देखि २३ महिनाका सबै बालबालिकाहरुले खोप पाएका उनले बताए ।

पूर्ण खोपयुक्त पालिका घोषणा कार्यक्रममा नगरपालिका स्तरीय खोप समुन्वय समितिका प्रमुख एवम नगर प्रमुख गौरी सिंह रावल, उप प्रमुख कमल बोहरा, १० वटै वडाका अध्यक्ष, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्ट, नगरपालिका स्थित स्वास्थ्य चौकीका प्रमुख एवम प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.