मन्त्री गाडी दुर्घटना: मन्त्रीसहितका पाँचजना घाइते, हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार जीप दुर्घटना भएको छ। मंगलबार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउँदै गर्दा केदारस्यूँ गाउँपालिकाको बागथलामा मन्त्री सवार ००१ झ ४८० नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा परि मन्त्री सिंहसहित ५ जना घाइते भएका छन्।घाइते हुनेमा चालक धर्मराज जोशी, मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, जयदेवी सिंह र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी रहेका छन्।

खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकीको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ।

सबैको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भएको छ ।

Leave A Reply

Your email address will not be published.