आज निजामती कर्मचारी दिवस

मेलौली न्यूज
भाद्र २२ मगंलबार,२०७८

आज निजामती कर्मचारी दिवस विविध कार्यक्रम गरेर मनाइँदैछ ।

‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’भन्ने नाराका साथ निजामती सेवा दिवस मनाइँदै छ । विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

यसैबिच निजामती सेवा दिवस, २०७८ का अवसरमा आजै ४० कर्मचारीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कृतमध्ये १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ भने ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरिने भएको हो ।

Leave A Reply

Your email address will not be published.