सुदूरपश्चिमका चार पालिकाले ल्याएनन् बजेट

जनप्रतिनिधीहरु बीचकै विवाद र तयारी नपुग्दा कानुनी व्यवस्था अनुसार अन्तिम दिन असार १० सम्म पनि केही स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्।

धनगढी –सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये चारबाहेक सबैले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका तथा बझाङको थलारा र सुर्मा गाउँपालिकाबाहेक सुदूरपश्चिमका ८४ स्थानीय तहले आइतबार बजेट पेश गरेका हुन्। परशुराममा वडाको बजेट निर्धारणबारे विवाद भएपछि आइतबार बजेट प्रस्तुत हुन नसकेको हो।

अधिकांश पालिकाले बजेटमा शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएका छन्। अन्तर सरकारी वित्तिय ब्यवस्थापन ऐन २०७४ को कानुनी व्यव्स्था अनुसार आइतबार (असार १०) सम्म प्रदेशका ८८ स्थानीय तहमध्ये अधिकांशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जनप्रतिनिधीहरु बीचकै विवाद र तयारी नपुग्दा कानुनी व्यवस्था अनुसार अन्तिम दिन असार १० सम्म पनि केही स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्।

संघीय अनुदानमा भएको कटौतिसँगै आन्तरिक आय बढाउन नसक्दा स्थानीय तहहरुले बजेटको आकार बढाउन सकेका छैनन्। प्रायः स्थानीय तहहरुले अघिल्ला वर्ष जस्तै यातायात, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएका छन्।

Leave A Reply

Your email address will not be published.