बैतडी सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा अवरुद्ध भएको विद्युत सेवा आठ घण्टापछि सुचारु भएको छ । डोटीको रुवसकाँडामा १ सय ३२ केभि प्रशारण लाइनको तार टुटेपछि बिहान ८ बजेदेखि विद्युत सेवा अवरुद्ध भएको थियो।
टुटेको तार अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि आठ घण्टापाछि सुचारु भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले जानकारी दिनुभयो। तार टुट्दा सुदूरपश्चिमका सात पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको थियो। उहाँले भन्नुभयो,“ तार टुटेको खबर पाएपछि प्राविधिक टोली परिचालन गरेर मर्मत गरिएको थियो। अहिले बिजुली सुचारु भइसकेको छ।