चन्द्रमासअनुसार आजदेखि र सौरमासअनुसार अर्को हप्तादेखि साउने सोमवारको व्रत

चन्द्रमास अनुसार आजदेखि साउने सोमवारको व्रत शुरु भएको छ। तर सौरमासअनुसार भने अर्को हप्तादेखि मात्रै साउने सोमवारको व्रत शुरु हुन्छ। केहीले चन्द्रमास अनुसार र धेरैले सौरमासअनुसार साउने सोमवारको व्रत बस्ने गरेका छन्।

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ। अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ। तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले साउनका सबै सोमवार व्रत बस्न उपयुक्त हुने बताउनुभयो।

Leave A Reply

Your email address will not be published.