कञ्चनपुरमा बाघको आक्रमणमा परी एक महिला घाइते

कञ्चनपुर– कञ्चनपुरमा बाघको आक्रमणमा परी एक महिला घाइते भएकी छिन् ।

जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जको छेउमा च्याउ टिप्ने क्रममा पाटे बाघको आक्रममा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डा बस्ने २५ वर्षीया बिन्दु डगौरा घाइते भएकी हुन् ।

उनी बिहीवार च्याउ टिप्न गएका बेला पाटे बाघको आक्रममा परी घाइते भएको बेलौरी नगरपालिका–९ का वडा अध्यक्ष किसन रानाले बताए। वडा अध्यक्ष रानाका अनुसार करिब १०/१२ जना महिलाको समुह च्याउ टिप्न गएका बेला पाटे बाघले डगौरा माथि आक्रमण गरेको थियो।

सबैले होहल्ला गर्दा बाघ भागेर डगौराको ज्यान जोगिएको छ । उनको आँखा र टाउको पछाडि गम्भिर चोट लागेको स्थानीय प्रेम चन्दले बताए । उनको अहिले धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.