नेपालले भारत’ए’सँगको खेलमा टस जित्यो, पहिला ब्याटिङ गर्दै

काठमाण्डौ – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ुएु सँगको खेलमा टस जितेको छ । श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

प्रतियाेगितामा नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा पर्सि बुधवार यूएईको ‘ए’ टोलीसँग खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ ।

त्यस्तै समूह’ए’मा श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र ओमानका ुएु टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

Leave A Reply

Your email address will not be published.