मृगौला पिडित भट्टको उपचारमा आर्थिक समस्या, सहयोगको अपिल

बैतडी । बिगत ७/८ बषैदेखि दुबै मृगौला गुमाई उपचारमा रहेकि मेलौली नगरपालिका-०२ सलेनाकि लक्ष्मी भट्टको उपचारमा आर्थिक समस्या भएको छ। घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा निकै समस्या भएको छोरा धनि भट्टले बताएका छन।

लामो समयसम्मको उपचारले धेरै रुपैया खर्च भईसकेको जनाईएको छ। नेपालका बिभिन्न ठाउमा लामो समयसम्मको उपचार पछि बिगत ४ बषैदेखि सेती प्रादेशिक अस्पताल धनगढीमा डायलासिस गराईरहेकि भट्टको उपचारमा आर्थिक सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।

भएभरको रुपैया उपचारमा सकिए पश्चात सहयोगि मनहरुलाई  आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ। घरको आर्थिक अवस्था निकै कमजोर भईसकेकाले आर्थिक सहयोगको याचना गर्नु परेको परिवारिक स्रोतले जनाएको छ।

४० वर्षको लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमै आमाले दुबै मृगौला गुमाउदा निकै समस्या भएको छोराले दुःख ब्यक्त गरे। थोपा-थोपा मिलि समुन्द्र बन्छ भने जस्तैं स-सानो सहयोगले ठुलो काम गर्न सकिने भन्दै आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ।

सहयोग गर्नका लागि
सम्पर्क ब्यक्ति-धनिदत्त भट्ट
खाता नम्बर ०३१०७०१०१४७७६७ DHANI BHATT
खाता रहेको बैंक-ग्लोवल आईएमई बैकँ

 

Leave A Reply

Your email address will not be published.