कैलालीमा अछामका एक जना मृत फेला

कैलाली– कैलालीमा अछामका एक जना मृत फेला परेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरामा ६३ वर्षीय बिरेन्द्रको शव शुक्रवार मृत अवस्थामा फेला परेको हो । उनी अछामको साँफेबगर नगरपालिका–७ रिडिकोटको रहेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय लम्कीले थप अनुसन्धान गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.