मेलौली–९ मा सामुदयीक भुमी व्यवस्थापन अभ्यास सिकाई सम्पन्न

बैतडी– बैतडीमा सामुदयीक भुमी व्यवस्थापन अभ्यास सिकाई कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ९ मा सो कार्यक्रम सम्पन्न गरिएको छ ।

वडा नम्बर ९ को विशालपुर माविको मिटिङ हलमा सो कार्यक्रम सम्पन्न गरिएका वडा अध्यक्ष लोकराज भट्टले बताए ।

विसालपुर सामुदायीक सिकाई केन्द्रको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको राष्ट्रिय भुमी अधिकार मञ्च र एसएफ नेपालले सहजिकरण गरेको हो । वडाको ३ लाख ५० हजारको आर्थिक सहयोगमा सो कार्यक्रम गरिएको वडाअध्यक्ष भट्टले बताए ।

भुमीको सतह, सदुपयोग, भुमी व्यवस्थापन कसरी गर्ने लगायतका विषयमा छलफल गरएको उनले बताए ।

सो कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद सरस्वती सुब्बा रहेका थिए । कार्यक्रममा कृषी मन्त्रलय, बन मन्त्रालयका उप सचिप, नापी विभागका उप निर्देशक र भूमि अधिकार मञ्चका महासचिव को सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.