बैतडी बैतडीको मेलौली नगरपालिका वडा नं ३ लेक स्थित प्रितिपुर माविले नयाँ नेतृत्व चयन गरेको छ ।बुधबार बसेको अभिभावकको भेलाले मोहन राम लुहारको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
निर्वतमान विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि लुहारकोे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको विद्यालयका प्रधानाध्यापक वीर बहादुर चन्दले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका मोहन लुहारले विद्यालयको सर्वांगीण विकासका लागि काम गर्ने बताउनुभयो । पछिल्लो समय शिक्षाको गुणस्तर खस्कीदै गएको भन्दै उनले शैक्षिक गुणस्तर सुधारका लागि नयाँ शिराबाट काम गर्ने बताउनुभयो ।
नमुना बनेका विद्यालयहरु संग समेत समन्वय गरेर विद्यालयको चौतर्फी विकासमा लागि पर्ने मोहन लुहारको भनाई छ ।सो कार्यक्रममा लेलौली नगरपालिका वडा न ३ का वडा अध्यक्ष गगन सिंह भाट वडा सदस्य ,बुद्धीजिवि सरोकारवालाहरु लगगायतको उपस्थिती रहेको थियो ।