अझै फेला परेनन् पञ्चेश्वरका रमेश भट्ट, फेला पार्नेलाई दश हजार रुपैयाँ दिईने

बैतडी । बैतडीका एक बालक दश दिनदेखि सम्पर्क बिहीन छन। जिल्लाको पञ्चेश्वर गाउँपालिका-०४ कनिना डङाका रमेश भट्ट दश दिनदेखि सम्पर्क बिहीन छन

सुस्त मनस्थितिका १४ बर्षिय छोरा हराएपछि घर परिवार पिडामा रहेको उनका बुवाले सुनाए। घर परिवार अझैपनि छोरा फेला पर्ने आशमै रहेको उनले बताए। दश दिनसम्म आफ्नो पहुच पुग्ने ठाउँमा खोज तलास गर्दापनि छोरा नभेटिएपछि अब फेला पार्नेलाई पुरुस्कार स्वरुप दश हजार नेपालि रुपैयाँ दिने जानकारी दिए।

परिवारले छोराको खोज तलास गरिदिन स्थानिय प्रहरी चौकिमा निबेदन समेत दिएको स्थानिय बिरेन्द्र भट्टले बताए। प्रहरीले पनि कहि कतै पत्ता लगाउन नसकेको उनले बताए।

हराएको रमेशलाई कहि कतै देखेमा नजिकैको प्रहरी चौकि अथवा ९८६८७४४२६७ मा खबर गरिदिन आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.