बैतडी । प्रजातन्त्र पुनस्थापनाको लागि नेपालि कांग्रेसको पक्षमा जनमत जुटाउने कार्य गरेका प्रताप दत्त भट्टको निधनमा नेपालि कांग्रेस मेलौलीले शोक बक्तव्य जारी गरेको छ। मेलौली नगरपालिका–०७ काँडा निबासि भट्टको निधनमा नेपालि कांग्रेस मेलौली नगर समितिले श्रन्द्धाञ्जली अर्पण गर्दै शोक बक्तव्य जारी गरेको सभापति प्रमानन्द भट्टले जानकारी दिए।
भारतको मुम्बैमा उपचार गराईरहेका भट्टको बुधबार निधन भएको थियो। नेपालि कांग्रेसले एक सच्चा प्रजातन्त्र पुनस्थापनाको लागि नेपालि कांग्रेसको पक्षमा जनमत जुटाउने ब्यक्ति गुमाएको सभापति भट्टले बताए। नेपालि काग्रेस मेलौलीको पाटि कार्यालयमा श्रन्द्धाञ्जली कार्यक्रमको आयोजना गरि शोकाकुल परिवार प्रति समबेदना र मृतक प्रति श्रान्द्धाञ्जली अर्पण गरिएको जनाईएको छ।
भट्ट मणिलेक हाईस्कुलबाट २०२२ सालमा एसएलसि पास गर्ने पहिलो ब्यक्ति हुन। मुम्बै होचेस्ट कम्पनिमा कार्यरत र मुम्बैमा जनसम्पर्क समिति सचिव पदमा समेत रहि पञ्चायत प्रतिबन्धीत अवस्थामा मुम्बैमा प्रजातन्त्रको जनजागरण र प्रचार प्रशार गर्दै आएका थिए।
यसैगरी २०३६ सालको जनमत संग्रहमा मुम्बैबाट माईक आदिको ब्यवस्थापन गरि जनता समक्ष बहुदलको प्रचार प्रशारमा सकृय र २०४६ सालको प्रजातन्त्र पुनस्थापना सम्म नेपालि कांग्रेसको पक्षमा रहि जनमत जुटाउने कार्य गरेका गरेका थिए।