अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु By मेलाैली खबर On साउन २०, २०८० अछाम– अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो । अछाम प्रहरीका अनुसार साउँको शनिवार बिहान भिरबाट लडेर मृत्यु भएको छ। उनका ३ वर्षका छोरा छन् ।