७१औँ प्रहरी दिवसको अवसरमा बैतडीमा ९ जना प्रहरीद्वारा रक्तदान

बैतडी-७१औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बैतडीको आयोजनामा आज ९ जना प्रहरी कर्मचारीहरूले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीको प्राविधिक सहयोगमा जिल्ला अस्पताल बैतडीको परिसरमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

‘प्रहरी दिवस’ का अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा बिरामीका लागि हुन सक्ने रगतको अभावलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक देखि प्रहरी जवान सम्मका ९ जना प्रहरी कर्मचारीहरूले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.