नक्सा पास गरेर मात्र घर तथा भवन निर्माण गर्न मेलौली-०७ को आग्रह

बैतडी । मेलौली नगरपालिका-०७ ले नक्सा पास गरेर मात्र घर तथा भवन निर्माण गर्न आग्रह गरेको छ। संघिय मामिला एबं स्थानिय बिकास मन्त्रालयको बस्ति बिकास सहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभुत मापदण्डको प्रतिकुल हुने गरि निर्माण गर्न आग्रह गरिएको छ।

वडा अन्र्तगत पर्ने पाटन-पञ्चेश्वर सडक खण्ड र स्थानिय सडकमा सडक मापदण्ड विपरित घर तथा भवन निर्माण गर्ने कार्य गरेको पाईएकाले नक्सा पास गर्न आग्रह गरिएको वडा अध्यक्ष रामचन्द्र भट्टले बताए। सडक छेउ-छाउमा घर तथा भवन निर्माण गर्दा सडक मापदण्ड अनुसार स्थानिय सरकारबाट नक्सा पास गर्नुपर्ने उनले बताए।

सम्पूर्ण घर धनिहरुलाई भवन निर्माण सम्बन्धि पूर्ण मापदण्डको पालना गरि निर्माण गर्न सुचना मार्फत आग्रह गरिएको छ। वडाको सुचना र मापदण्डको पालन गर्न आनाकानि गरेको पाईएमा कानुनि कार्वाही गरिने समेत जनार्ईएको छ।

May be an image of text

Leave A Reply

Your email address will not be published.