मेलौलीमा एसईई (ग्रेडबृद्धि) परिक्षा सञ्चालनका लागि बसेको सर्बपक्षिय बैठक सम्पन्न

मंगेश दयाल

बैतडी । मेलौलीमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा सञ्चालनका लागि बसेको सर्बपक्षिय बैठक सम्पन्न भएको छ। मणिलेक माबिमा बसेको बैठकले के कसरि परिक्षालाई सान्त र मर्यादित तवरले सञ्चलान/सम्पन्न गर्ने र सुरक्षा ब्यवस्थाको बारेमा छलफल गरिएको जनाईएको छ।

परिक्षा अवधिभर मणिलेक माबिको परिसरमा परिक्षार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हेल्थडेस्क स्थापन गरिने जनाईएको छ। यसैगरी चर्पि प्रयोगका लागि मेलौली नगरपालिकाले ट्याङकर मार्फत पानिको ब्यवस्था गर्ने नगर प्रमुख भिम बहादुर चन्दले बताए। परिक्षालाई अझ सहज तरिकाले सञ्चालन र सम्पन्न गर्न आफ्नो पालिकाबाट सकेको सहयोग गर्ने शिबनाथ गाउपालिका अध्यक्ष कर्णसिह साउदले बताए।

मणिलेक माबिको परिक्षा केन्द्रमा मेलौली नगरपालिका लगायत शिबनाथ गाउपालिका र पञ्चेश्वर गाउँपालिका भित्रका परिक्षार्थी सहभागि हुने छन। परिक्षा दिन आएका परिक्षार्थीलाई खान बस्नको लागि उचित वातावरण सिर्जना गरिदिन ब्यापारीहरुलाई अनुरोध गरिएको छ।

परिक्षालाई सबैले आ-आफ्ने तर्फबाट सम्पन्न गर्न सहयोग गरिदिन आग्रह गरिएको छ। बैठकमा मणिलेक माबिका प्रधानाध्यापक सहित शिक्षकहरु, मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्द, प्रमुख प्रशासकिय अधिकृत सपना कार्कि, मेलौली नगरपालिका–०७ का वडा अध्यक्ष रामचन्द्र भट्ट, शिबनाथ गाउपालिका अध्यक्ष कर्ण सिह साउद, मेलौली काँडा बजारका ब्यापारी, सुरक्षाक्रर्मी र पत्रकारहरुको उपस्थीति रहेको थियो।

यसैगरि मेलौली नगरपालिकाले मेलौलीमा परीक्षा अवधिभर मदिरा बिक्रि वितरण गर्न प्रतिबन्ध गरेको छ। परिक्षाको अवधिभर मेलौली नगरपालिका अन्र्तगत स्वाखानि बजार देखि, काणाँ बजार, हरिपुर बजार, जिरो पोईन्ट, लामालेक हुदै सलेना बजारसम्म मदिरा बिक्रि वितरणमा रोक लगाएको जनाईएको छ।

भोलिदेखि शुरु हुने एसईई ग्रेडवृद्धि परीक्षमा बैतडीभरि १२ सय ६१ छात्र र १३ सय ६९ छात्रा गरी २६ सय २० परीक्षार्थी सहभागी हुदैछन। मणिलेक माबिको परिक्षा केन्द्रमा तिनै पालिकाका ८०८ परिक्षार्थी सहभागि हुदै छन। मेलौली नगरपालिकाको केदारेश्वर मावि दुर्गास्थानको परिक्षा केन्द्र भने विरेन्द्र मावि शाहीलेकमा तोकिएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.