बैतडीको दोगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँस्थित एक घरबाट सुनका गहना र नगद चोरी भएको छ। पन्ज्युनयाँका नारायणसिंह कार्कीको घरबाट २ तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको हो।
गएराति घरका मान्छे सबै गौरामा गएका बेला झ्याल फुटालेर चोरी भएको बैतडीको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो। उहााले भन्नुभयो,“ घरका सबै मान्छे गौरा हेर्न गएका रहेछन्,झ्याल फुटालेर २ तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको भनेर निवेदन आको छ।”
चोरी गएराति भएपनि प्रहरीलाई आज मात्रै खबर भएकोले चोरी गर्ने व्यक्तीको पहिचान हुन सकेको छैन्। चोरी गर्ने व्यक्तीको खोजी र घटनाबारे थप अनुसन्धानका प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।