बैतडी । चितुवाको आक्रमणबाट गम्भीर घाईते भएकी बैतडीको पञ्चेश्वर गाउपालिका ०३ बगरेठी मेलडुङरीकी १७ वर्षीय पुजा लुहार होसमा आएकी छन्।
पुजालाई आज मध्यान्ह साढे १२ बजेतिर घर नजिकै तालिगाडरोल बनमा घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेको थियो ।
आक्रमणपछि पुजा बेहोसमा रहेकी थिइन्। घाइते पुजालाई मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार शुरु गरेलगत्तै होसमा आएकी हुन्।
चितुवाको आक्रमणबाट पुजाको टाउको र शरिरका अन्य भागमा घाउ रहेको छ। उनको अवस्था खतरामुक्त रहेका स्वास्थ्य केन्द्रले जनाएको छ।
गाउँका चार पाँच जनाको समूहमा घाँस काटिरहेकी पुजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर गाउँपालिका ३ का वडाअध्यक्ष मीन बहादुर चन्दले बताउनुभयो। उहाँले भन्नुभयो,“गाउँकै चाररपाँच जनासंगै घाँस काटिरहेकि पुजाले चितुवाले आक्रमण गरेको रहेछ।
आक्रमणपछि चितुवाले पुजालाई घिस्रेर चार पाच सय मिटर तल लगेकी जनाईएको छ। चितुवाले पुजामाथि आक्रमण गर्दा संगै घाँस काटिरहेका हरुले हो-हल्ला गर्दा चितुवा पुजालाई छाडेर भागेको हो।
दिउसैं चितुवाले किशोरीमाथि आक्रमण गरेपछि स्थानीय नागरिक त्रसित भएका छन्। तल्लो स्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ।