चितुवाको आक्रमणबाट घाईते भएकि पुजालाई डडेल्धुराबाट धनगढी रेफर

बैतडी । चितुवाको आक्रमणबाट घाईते भएकि किशोरीलाई डडेल्धुराबाट पनि रेफर गरिएको छ। बैतडीको पञ्चेश्वर गाउपालिका-०३ बगरेठी मेलडुङरीकी १७ वर्षीय पुजा लुहारलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

टाउकोमा चोट भएकाले सिटिस्कान गर्नै पर्ने हुदा मेलौलीको केशरपुरबाट डडेल्धुरा रेफर गरिएको थियो। डडेल्धुरामा पनि उपचार सम्भब नभएपछि पुजालाई धनगढी रेफर गरिएको जनाईएको छ। पुजालाई आज मध्यान्ह साढे १२ बजेतिर घर नजिकै तालिगाडरोल बनमा घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेको हो।

गाउँका चार/पाँच जनाको समूहमा घाँस काटिरहेकी पुजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर गाउँपालिका ३ का वडाअध्यक्ष मीन बहादुर चन्दले बताउनुभयो। उहाँले भन्नुभयो,“गाउँकै चार/पाँच जनासंगै घाँस काटिरहेकि पुजाले चितुवाले आक्रमण गरेको रहेछ। आक्रमणपछि चितुवाले पुजालाई घिस्रेर चार पाच सय मिटर तल लगेकी जनाईएको छ।

चितुवाले पुजामाथि आक्रमण गर्दा संगै घाँस काटिरहेकाहरुले हो-हल्ला गर्दा चितुवा पुजालाई छाडेर भागेको हो। दिउसैं चितुवाले किशोरीमाथि आक्रमण गरेपछि स्थानीय नागरिक त्रसित भएका छन्।

तल्लो स्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ।

Leave A Reply

Your email address will not be published.