बैतडीको मेलौली कोटिगाँउका ठगुन्नाको उपचारमा आर्थिक समस्या, सहयोगको अपिल

बैतडी । मेलौली नगरपालिका-०८ कोटिगाँउ सल्लेईजर निबासि शिबसिह ठगुन्नाको उपचारमा आर्थिक समस्या भएको छ। केहि समयदेखि फ्याटी लिभर रोगबाट पिडित ठगुन्नाको कलेजोमा पिप जमेकाले उपचारमा आर्थिक समस्या भएको आफन्त डम्बर सिह ठगुन्नाले बताए।

हाल धनगढीको माया मेट्रोमा उपचार गराई रहेका ठगुन्नाको उपचारमा आर्थिक सहयोग गरिदिन परिवारले आग्रह गरेका छन। भए भरकै पैसा खर्च गरेर सकिएको र अबको उपचारमा आर्थिक समस्या परेकाले सहयोग गरिदिन परिवारले अपिल गरेका हुन।

फ्याटी लिभर रोगसगै डेङ्गोबाट पनि ग्रसित गठुन्नाको उपचारका लागि आर्थिक संकलन अभियान समेत थालिएको छ। समाजिक सञ्जाल फेसबुकबाट आर्थिक संकलन अभियान थालिएको अभियान्ता डम्बर ठगुन्नाले बताए।

अहिले ठगुन्नाको उपचार चलिरहेको छ, “स्वास्थ्यमा सुधार समेत भईरहेको छ, अभियान्ता “गठुन्नाले भने।, उपचारमा आर्थिक बढि नै लाग्ने भएकाले सबैलाई सहयोगको अपिल गर्दछु ।

कुमारी बैंक मेलौली शाखामा रहेको सुरजित सिह गठुन्नाको खाता नम्बर २७१०२०९८८६०००००१, मोबायल बैंकिङ नम्बर ९८४८७०८४८२ मा जम्मा गर्न सकिने जनाईएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.