हिस्टुन सुदूरपश्चिम प्रदेश अध्यक्षमा ठण्ड बहादुर खड्का निर्विरोध चयन

बैतडी-माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(HISTUN)को सुदूरपश्चिम प्रदेश अध्यक्षमा ठण्ड बहादुर खड्का निर्विरोध चयन हुनुभएको छ।

शुक्रबार कैलालीको धनगढीमा सम्पन्न युनियनको तेस्रो प्रदेश अधिवेशनबाट खड्काको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

अधिवेशनबाट उपाध्यक्षमा सुरेश कुमार हमाल, पार्वती नाथ र पुनम पाल निर्वाचित हुनुभएको छ। यस्तै, महासचिवमा डम्बर दत्त जोशी तथा उपमहासचिवमा भगवती कुँवर र भुवन राज जोशी निर्वाचित हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा नर बहादुर रोकाया, गणेश बहादुर ढाट, भागरथी भट्ट, लोक राज जोशी, भुमीनन्द ओझा, सुन्दर सिंह धामी, ठेकराज भण्डारी र हेमन्त पाल निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले शिक्षकहरूको हकहित संरक्षण, पेशागत अधिकार तथा शैक्षिक क्षेत्रको सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

अधिवेशनबाट नयाँ प्रदेश कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारी हिस्टुन केन्द्रीय कार्यसमिति सचिव अर्जुन कुँवरले दिए ।

Leave A Reply

Your email address will not be published.