लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रा चरणले समुदाय स्तरमै बृहत छलफलको आयोजना गरेको पिसवीनका प्रतिनिधि मिरा पन्तले बताइन् । सेवाको प्रावधानका लागि धेरै नीति तथा कानून निमार्ण भएपनि यस्ता छलफल तथा बहसले समुदाय स्तर हुुने हिंसा न्युनिकरण हुने वडा अध्यक्ष कालुसिह भाटले विश्वस व्यक्त गरे ।
लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसाहरुका बिषयमा छलफल गरिएको पाटन नगरपालिका महिला तथा ज्येष्ठ नागरिक शाखा प्रमुख विष्ना बिष्ट भण्डारीले बतान् ।
स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरूकोबारे समाजमा सिकाइएको उनले बताइन् ।
संयुक्त राष्ट्र जनसंख्या कोषको आर्थिक सहयोगमा पिसविन, भिएसओ र सिएमसी नेपालले जिल्लाभरी नै लैङ्गिक हिंसा न्युनिकरणका लागि विभिन्न माध्यबाट प्रयास गरिरहेका छन्र ।