सुनको भाउ अहिलेसम्मकै उच्च: तोलाको १ लाख १७ हजार ७ सय पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ। यो अहिलेसम्मकै उच्च हो। यसअघि हिजो १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

हिजोको तुलनामा आज तोलामा तीन सय रुपैयाँ बढेको हो। अस्ति आइतवार तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो।

आज चाँदी हिजोकै भाउ तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो भाउ पनि अहिलेसम्मकै महँगो हो।

Leave A Reply

Your email address will not be published.