रास्वपा सभापति लामिछानेमाथि ट्याक्सी चालकद्धारा खोया प्रहार

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ। पोखराको अमरसिंहचौरस्थित खेल मैदानमा पार्टीको सभालाई शनिबार सम्बोधन गरिरहेका लामिछानेमाथि ट्याक्सी चालक समेत रहेका एक युवाले मकैको खोया प्रहार गरेका गण्डकी प्रदेश प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्र.व.उ शारदा प्रसाद चौधरीले देश सञ्चारलाई बताए।

उनले भने, ‘सामान्य बिबाद भएको हो,ट्याक्सी चालकले बोल्दै गर्दा खोया प्रहार गरेका हुन् , यसबारे अनुसन्धान हुँदै छ।’ ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता चौधरीले बताए।

Leave A Reply

Your email address will not be published.