कोशी र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेर बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले बताउनु भयो।

लामिछानेका अनुसार काठमाण्डौ उपत्यकाको मौसम भने आज सामान्यतया सफा रहने छ। बिहान केहीबेर काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको भए पनि घाम लागेसँगै हट्न थालेको र मौसम सफा रहेको उहाँले बताउनुभयो। काठमाण्डौमा आज पारिलो घाम लाग्ने उहाँले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.