पाटन नगरपालिका बैतडीको चौथो नगरसभा सम्पन्न (विवरणसहित)

बैतडी । पाटन नगरपालिका बैतडीको चौथो नगर सभा सकिएको छ। नगर सभाको बैठकले केही योजनाको नाम संशोधन तथा अहिलेसम्म गरेको खर्च वितरण र कार्यपालिकाले गरेको निर्णय पारित गरेको छ।

चालु आर्थिक बर्षको श्रावणदेखी पुष २० गतेसम्मको प्रगति विवरण शाखागत अनुसारको बहुमतले पारित गरेको वडा अध्यक्ष तथा समाजिक विकास समिति संयोजक हरिष बिष्टले बताए।

योजना शाखा प्रमुख विरसिह महताले प्रस्तुत गरेको प्रगती विवरणमा १३ लाख ६७ हजार नगरपालिकाले राजस्व संकलन गरेको देखाएको छ। जसमा सबै भन्दा बढी जनसंख्या भएको वडा नम्बर ६ ले १ लाख १३ हजार राजस्व संकलन गदाँ वडा नम्बर ८ ले १ लाख ५ हजार संकलन गरेर दोस्रो स्थानमा छ भने सबै भन्दा कम वडा नम्बर ३ ले १९ हजार ९ सय मात्र राजस्व संकलन गरेको देखिएको छ।

वडा नम्बर १ ले अहिले पुष २० गतेसम्म ७० हजार ३ सय २३, वडा नम्बर २ ले ७६ हजार ७ सय ३१, ४ ले ६१ हजार ५ सय १६, ५ ले ६८ हजार ५, ७ ले ३१ हजार ८ सय २०, ९ ले २९ हजार, र १० नम्बर वडाले ३१ हजार ८ सय ७५ राजस्व संकलन गरेको देखिएको छ।

वडाहरुको जम्मा राजस्व ६ लाख ७ हजार मात्र भएकाले नगरपालिका संचालनका लागि राजस्व संकलनमा बिशेष ध्यान दिने पर्ने कार्यक्रमका सदस्य सचिव तथा पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बुढाले बताए।

उनले भने, ‘हामीले करारका कर्मचारी र नगर स्वंमसेवको तलब आन्तरिक आयबाट भुक्तानी गर्नु पर्नेको हो तर शिर्षकबाट दिएका छौ जुन महालेखाले बेरुजु देखाएको छ। राजस्व संकलनमा सबै गम्भीर हुन आवश्यक छ।’

नगर सभा सदस्यले नगरपालिकाले योजना लगायतका काममा गती नदिएकामा चिन्ता व्यक्त गरेका छन्। पुँजीगत खर्च ३ प्रतिशत भएकाले नगरपालिकाले कामको गती बढाउन नसकेको वडा नम्बर ४ का अध्यक्ष दिपक बिष्टले बताए।

साथै उनले राजस्व संकलनमा पनि सबै वडाहरुलाई जिम्मेवार बनाउने तथा अनुगमन गर्ने कार्य नगरपालिकाले भएको बताए। यस्तै समाजीक विकास समिति संयोजक हरिष बिष्टले स्वास्थ्य क्षेत्रमा भएको प्रगतीको प्रसंशा गर्दै शिक्षा क्षेत्रमा आफुले प्ररिवर्तन गर्ने खोजेपनि सवारी दुर्घटनामा परेकाले काममा केही बाधा पुगेको बताए।

उनले बिद्यालय समायोजना लगायतका बिषयमा फेरी गम्भीर रुपमा छलफल हुनु पर्ने बताए। साथै शिक्षा शाखा सक्रियता माथि प्रश्न गर्ने ठाउँ रहेकाले काममा तिब्रता दिन सुझाव दिएका थिए।

वडा नम्बर ६ का अध्यक्ष तथा उर्जा तथा जलस्रोत समिति संयोजक राजेन्द्र बिष्ट प्रतिवेदनमा खेलकुद तथा विद्यालय क्षेत्रको प्रगती विवरणमा उल्लेख नदिएकाले उल्लेख गर्नु पर्नेमा जोड दिए। वडा नम्बर ६ नगरपालिकाको केन्द्र भएको स्थानमा भएकाले बजारमा गरेका कामको नगरपालिकालाई जानकारी दिनु पर्ने बताए।

वडा नम्बर ७ का अध्यक्ष तथा विद्यायन समिगि संयोजक ललित चन्दले नगरपालिकाले बिद्यालय समायोजन मापदण्ड बनाएपछि आफ्नो वडाले दुई बिद्यालय संमायोजन गरेको बताए । अरु वडाका बिद्यालयहरु मापदण्ड अनुसार समायोजन नभएको र राजनितीक पूर्वाग्रहमा प्रधानाध्यपक परिर्वतन भएको आरोप लगाए।

उनले अटो संचालन लगाएतका कार्यविधिहरु निमार्णधिरमा रहेको नगरसभालाई जानकारी गराए। यस्तै आर्थिक विकास समिती संयोजक तथा वडा नम्बर १० का वडा अध्यक्ष धनबहादु कुवँरले सबैको सल्ल्लाह बमोजीम काम भइरहेको नगर सभालाई जानकारी गएका छन्। उनले कृषि क्षेत्रमा लगानी कम भएको प्रति चिन्ता व्यक्त गरे।

नगर प्रमुख गौरीसिह रावलको अध्यक्षमा सम्पन्न भएको नगरसभामा नगरसभा सदस्यले पालैपालो आफनो सुझाव तथा प्रश्नहरु राखेका थिए।

Leave A Reply

Your email address will not be published.