मेलौली नगरपालिका र कोरियाली एक संस्थाबीच सम्झौता, कामदार र अध्यायनका लागि कोरिया जान सकिने

बैतडी-बैतडीको मेलौली नगरपालिका र कोरियन संंस्थाहरुबीच आपसी समजदारी कायम भएको छ। डोङबाङ डिएस सिस्टम प्रा.लि बीच कामदार साटासाटको लागि आपसी समजदारी भएको छ, भने शैक्षिक कार्यक्रमका लागि को.सा कम्पनी लिमिटेडबीच सम्झौता भएको हो ।

मेलौली नगरपालिकाका वडा न ९ का वडा अध्यक्ष लोक राज भट्टले यस महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार मेलौली नगरपालिकाका कक्षा १२ उर्तीण विद्यार्थीहरुले कोरियामा गएर त्यहाको विश्वविद्यालयमा अध्यायन गर्न सक्ने वडा अध्यक्ष भट्टले बताए ।

कोरियन भाषा शिक्षा र कोरियामा अध्ययन गर्नका लागि मेलौली नगरपालिकाका विद्यार्थीहरूलाई सहयोग पु¥याउनको लागि सम्झौतता गरिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ । मेलौली नगरपालिकाका विद्यार्थीहरूको कोरियाली भाषा सीप सुधार गर्न र कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सहयोग पु¥याउने उदेश्यका साथ सम्झौता गरिएको हो ।

को.स.।कम्पनी लिमिटेड र मेलौली नगरपालिकाका विद्यार्थीहरूबीच असल विश्वासको सिद्धान्तमा आधारित सहकारी सम्बन्ध स्थापना गरी उनीहरूको कोरियाली भाषा स्केल सुधार गर्न र कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सहयोग प्रदान गर्ने मुख्य उदेश्य रहेको छ।


मौसमी कामदार आदानप्रदानका लागि समजदारी पनि बनेको छ । मौसमीरुपमा काम गर्ने कामदारहरुले कोरियाको कृषि क्षेत्रमा काम गर्ने अवसर प्रदान गर्ने कार्यक्रम रहेको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

अन्तराष्ट्रिय मापदण्ड र सुरक्षाको प्रत्याभूतिसहित कामको अवसर प्रदान गरिने संस्थाबीच सम्झौता गरिएको बताईएका छ ।

Leave A Reply

Your email address will not be published.