मेलौलीका वडा अध्यक्ष नेगीद्वारा भलिबलका राष्ट्रिय खेलाडीलाई आर्थिक सहयोग

बैतडी । मेलौली नगरपालिकाका एक जनप्रतिनिधीले राष्ट्रिय भलिबल खेलाडीद्वयलाई आर्थिक सहयोग गरेका छन्। मेलौली नगरपालिका १ का वडा अध्यक्ष शरद सिह नेगीले राष्ट्रिय भलिबल खेलाडीद्वय निरुता ठगुन्ना र आयुष्मा पुन मगरलाई आर्थिक सहयोग गरेका हुन्।

आइतबारदेखि कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा संचालन भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा वडाध्यक्ष नेगीले राष्ट्रिय भलिबल खेलाडीद्वय निरुता ठगुन्ना र आयुष्मा पुन मगरलाई आर्थिक सहयोग गरेको मेलौली नगरपालिका ५ का वडा सदस्य एव खेलप्रेमी युवा प्रेम बहादुर चन्दले बताए ।

सोमबार एक कार्यक्रमका विच वडाध्यक्ष नेगीले जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टलाई उक्त रकम हस्तान्तरण गरेका छन। वडाध्यक्ष नेगीले नेपालको राष्ट्रिय खेल भलिबलका खेलाडीलाई जनप्रतिनिधीका नाताले सक्दो सहयोग गरेको बताए।

जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टले भलिबलकी राष्ट्रिय खेलाडी आयुष्माको कलेजो प्रत्यारोपण गर्न उपचारका लागि वडाध्यक्ष नेगीले तीन हजार १ सय र अर्की राष्ट्रिय भलिबलकै खेलाडी निरुतालाई पल्सर अवार्डमा विजयी गराउन २ हजार १ सय रुपैया सहयोग गरेको बताए। ‘आयुष्माको उपचारका लागि र निरुतालाई पल्सर अवार्ड जिताउन भेटिङ्गमा सहयोगका लागि वडा अध्यक्ष नेगीले सहयोग गरेका छन, ‘सचिव विष्टले भने, ‘यो प्रतियोगिता भलिबलकै खेलाडीको बृद्धि विकासमा समेत सदुपयोग गछौँ।’

सुदूरपश्चिम दार्चुलाकी निरुतालाई अत्यधिक मत दिएर जिताउन समेत भलिबल संघले प्रतियोगिता क्षेत्रमा ब्यानर राखेर अपिल गरेको । आईतबारदेखि शुरु भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताले कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा रौनक छाएको छ।

Leave A Reply

Your email address will not be published.