सुदूरपश्चिम मैयाँदेवी यू १९ क्रिकेटको सेमिफाइनलमा प्रवेश

बैतडी । मैयाँदेवी यू १९ महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ। गौतमबुद्ध क्रिकेट मैदान चितवनमा सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई १९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर १०४ रन बनाएको थियो। जवाफमा कोशीले ६ विकेट गुमाएर ८५ रनमात्रै बनाउन सक्यो।

पहिला ब्याटिङ गर्दा सुदूरपश्चिमका लागि सावित्री धामीले ३३ रनको नटआउट पारि खेल्दा कप्तान स्नेहा महराले नटआउट २० रन बनाइने। यसैगरी निलम पाण्डेले १६ तथा मनिषा बोहराले १० रन जोडिन्। कोशीका लागि रिया शर्मा र निरा राजवंशीले एक एक विकेट लिए।

जवाफमा कोशीका लागि रिया शर्माले नटआउट २७ तथा तिका शाहले २५ रनको पारि खेले पनि हार भने टरेन। यसैगरी प्रतिभा मण्डलले नटआउट १० रन बनाइन्। सुदूरकी अणु कडायत र स्नेहा महराले दुई दुई विकेट लिँदा जानकी थापा र करिस्मा थापाले एक एक विकेट हात पारे।

जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको दोस्रो जित हो। जितसँगै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा पुगेको छ।

Leave A Reply

Your email address will not be published.