बैतडी । नागार्जुन माबि शर्मालीको ७७ औँ बार्षिकोत्सव सम्पन्न भएको छ। शिबनाथ गाउँपालिका-०२ शर्मालीमा रहेको नागार्जुन माबिको सोमबार ७७ औँ बार्षिकोत्सव सम्पन्न भएको बिद्यालयले जनाएको छ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्णसिह साउदको अध्यक्षतमा सञ्चालन गरिएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कर्ण सिह साउँद रहेका थिए। यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष सकुन्तला साउद रहनु भएको बिद्यालयले जनाएको छ।
कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका कामहरुको समिक्षा गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक माहामल सिह साउँदले ३ करोड ९२ लाँख १५ हजार ५९४ रुपैया बराबरको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्णसिह साउदले शिक्षा क्षेत्रमा ठुलो चुनौती रहेको बताउनुभयो। शिक्षा क्षेत्रको चुनौती र समस्याहरुको समाधान गर्न पालिकाबाट हुने र अन्य–अन्य निकायबाट पहल गर्ने बताउनुभयो।
यसैगरी कार्यक्रममा बोल्द गाउँपालिका अध्यक्ष साउदले,“शिबनाथ गाउँपालिकामा चाडै शिबनाथ क्याम्पस स्थापनाको पहल चाल्ने बताउनुभयो।, गाउँपालिकाले शिबनाथको शिक्षा क्षेत्रको बिकासका लागि शिक्षा योजना बनाउने र नयाँ शिक्षकहरुलाई तालिमको ब्यवस्था गर्ने समेत प्रतिबद्धता जनाउनु भयो।”
कार्यक्रममा गाउपालिकाका सम्पूर्ण वडाअध्यक्षहरु, बिभिन्न राजनितिक दल प्रमुख एवं प्रतिनिधि, बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए।
साथै कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो।