बैतडीः जिल्लास्तरीय रनिङ्ग शिल्डका लागि शिबनाथमा बन्द प्रशिक्षण जारी

बैतडी । १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि शिबनाथमा बन्द प्रशिक्षण जारी छ। माघ २६ देखि मेलौलीमा शुरु हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागी शिबनाथमा बन्द प्रशिक्षण शुरु भएको हो।

पालिकास्तरबाट छनौट भएका खेलाडीका लागि शिबनाथको खेलमैदानमा बन्द प्रशिक्षण सञ्चालन गरिएको भलिबल प्रशिक्षक धिराज चन्दले बताउनुभयो। बन्द प्रशिक्षण माघ २५ गतेसम्म जारी रहने उनले बताए।

प्रतियोगिता यहि माघ २६ गतेदेखी २८ गतेसम्म मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिएका छन। १० स्थानीय तहका ८०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुने उनले बताए।

जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गत बर्ष पाटनमा सञ्चालन भएको थियो। पाटनमा सम्पन्न १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो।

मेलौली १३ स्वर्ण, ६ रजत र ५ कास्यसहित पहिलो भएको थियो। ७ स्वर्ण, ६ रजत र ८ कास्यपदक सहित पाटन नगरपालिका दोस्रो र ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित डिलाशैनी गाउँपालिका तेस्रो भएको थियो।

Leave A Reply

Your email address will not be published.