कञ्चनपुर-कञ्चनपुरमा ट्याक्टर र ईलेक्ट्रिक स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनी स्थित भित्री सडक खण्डमा म १ त ६११ नम्बरको ट्याक्टर र ईलेक्ट्रिक स्कुटर एक आपसमा ठोकिन जाँदा ईलेक्ट्रिक स्कुटर चालक भीमदत्त नगरपालिका–१० वस्ने १८ वर्षीय आशिष बमको मृत्यु भएको हो।
बम गम्भिर घाईते भएपछि उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उनको शनिबार बेलुका उपचारको क्रममा मृत्यु भएको प्रहरीले जाएको छ हो।
ट्याक्टर चालक भीमदत्त नगरपालिका–९ बस्ने ५८ वर्षीय प्रेम सिंह भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।