बैतडीः पाटनमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। डिएस पोलिकिल्निक प्रालिमा शिविर सञ्चालन हुने जनाईएको छ।
शिविर फागुन पाँच गतेका सञ्चालन हुने डिएस पोलिकिल्निक पाटन बैतडीका विकास महराले जानकारी दिए। शिविरमा जनरल फिजिसियन डाक्टर श्रबण कुमार यादवले स्वास्थ्य सेवा दिने उनले बताए।
शिबिरमा हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, प्रेसर, बाल रोग, महिला रोग, पेट, मुटू, सुगर, छाला तथा यौन सम्बन्धी रोगको उपचार तथा परामर्श दिईने जनाईएको छ।
