गायक मल्लको नयाँ देउडा पप गित “देउर्या भाउजु” सार्वजनीक

बैतडी : डडेल्धुराको अजयमेरु गाउँपालिका–०६ राजुलका लोक तथा देउडा गायक धर्मेन्द्र मल्लको नयाँ गित सार्वजनीक भएको छ। सोमबार गौरव जोशी अफिसियल युटूव च्यानलबाट गित भिडियो सहित सार्वजनीक गरिएको हो।

गौरव जोशीको लय, शब्द, र्याप तथा गौरव जोशी र पदम भाष्कर जोशीको सगित रहेको गितमा गायक मल्ललाई सगिता मल्लले स्वरमा साथ दिएकि छन। म्यूजीक प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितका मिक्सीङ माष्टर गोपाल दयाल रहेका छन।

दिपेश ठगुन्नाले छायाकंन तथा निर्देशन गरेको भिडियोमा नरेश जोशी, निरु पनेरु, गौरव जोशी, भावना भट्ट र प्रेम एसकेको अभिनय रहेको छ। गित र भिडियोमा भाउजु र देवर बिचको ठट्टालाई देखाईएको छ। भाउजुको बहिनि मन परेको र माया लाउछु भनेर भाउजुसगं ठट्ट्यौली तरिकाले कुराकानी गरेको गित/भिडियोमा देखाईएको छ।

गित तथा भिडियोलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन गितका र्यापर जोशीले आग्रह गरेका छन।

Leave A Reply

Your email address will not be published.