बैतडी जिल्ला क्रिकेट संघले नयाँ क्लब दर्ता खुल्ला गरेको छ। संघमा यसअघि दर्ता भएका र नयाँ दर्ता हुन चाहने क्लबलाई चैत मसान्तसम्म दर्ता गर्न भनिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो।
दर्ता हुन चाहने क्लबहरूले चैत मसान्तसम्म जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजश्व कार्यालयमा दर्ता भइ सोको प्रतिलिपी बुझाउन आग्रह गरिएको छ ।
तोकिएको समयमा दर्ता नहुने क्लबलाई संघले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी हुन नपाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो।
हाल जिल्लाका १२ क्लब संघमा दर्ता रहेका छन्।