बैतडीको मेलौलीमा नमुना युवा संसद अभ्यास शुरु

बैतडी : मेलौलीमा नमुना युवा संसद अभ्यास शुरु भएको छ। बुधबारबाट मेलौली नगरपालिका आयोजनामा नमुना युवा संसद अभ्यास शुरु भएको मेलौली नगरपालिकाले जनाएको छ।

मेलौली नगरपालिका सभाहलमा सञ्चालन गरिएको नमुना युवा संसद अभ्यास ४ दिनसम्म सञ्चालन हुने शिक्षा शाखा प्राबिधिक सहायक रोहित भट्टले जानकारी दिए। वडा स्तरीय गठन गरिएका युवा क्लबबाट छनौट गरिएका युवाहरुको लागि नमुना युवा संसद अभ्यास शुरु गरिएको उनले बताए।

मेलौली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र सिह रावलको सभाध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नगर–प्रमुख भिम बहादुर चन्द, विशिष्ट अतिथी नगर उप–प्रमुख पार्वती बोहरा बिष्ट, जिल्ला युवा समिती अध्यक्ष सुरेश सेरला, डडेल्धुरा जिल्ला युवा समिति अध्यक्ष एवं प्रशिक्षक भरत मल्ल र प्रशिक्षक तेज राज जोशी रहनु भएको थियो।

यसैगरी कार्यक्रममा पालिकाभरीका वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो। युवा बर्गको नेतृत्व तथा क्षमता विकास गरि देशको शासन प्राणाली र सुशासन सम्बन्धमा युवाहरुलाई सु–सूचित गर्ने उदेश्यका नमुना युवा संसद अभ्यास शुरु कम्प्युटर अपरेटर तथा कार्यक्रम संचालक क्याडेट महेन्द्र सिह नायकले बताए।

नमुना युवा संसद अभ्यासले युवाको नेतृत्व र व्यक्तित्व क्षमता विकाससँगै सक्षम युवा उत्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने आशा लिईएको मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दले बताए।

Leave A Reply

Your email address will not be published.