मेलौलीमा नमुना युवा संसद तथा नगर युवा क्लब सञ्जाल गठन

बैतडीको मेलौलीमा नगर स्तरीय नमुना युवा संसद तथा नगर युवा क्लब सञ्जाल गठन गरीएको छ। शनिबार मेलौली नगरपालिकाको आयोजनामा सञ्चालित युवा क्लब गठन तथा युवा संसद कार्यक्रम अन्तरगत नगर स्तरीय युवा क्लब सञ्जाल गठन गरीएको मेलौली नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक रोहित भट्टले बताउनुभयो ।

मेलौली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको नगर स्तरीय सञ्जाल गठन कार्यक्रममा मेलौली नगरपालिकाका नगर उप–प्रमुख पार्वती बोहरा विष्टको प्रमुख आतिथि रहनु भएको थियो।

बुधबार देखि संचालन भएको कार्यक्रममा बैतडी जिल्ला युवा समिती अध्यक्ष सुरेश सेराला डडेल्धुरा जिल्ला युवा समिती अध्यक्ष एवम प्रशिक्षक भरत मल्ल र प्रशिक्षक तेज राज जोशीले सहजीकरण गरेका थिए। यसैगरी कार्यक्रमको अवसरमा नगर स्तरीय युवा क्लब सञ्जालको पनि गठन गरिएको छ। ११ सदस्य कार्यसमिति रहेको सञ्जालको अध्यक्षमा धनी भट्ट रहेका छन। उपाध्यक्षमा हरु भट्ट, सचिवमा युवराज विष्ट, सह सचिवमा भुपेन्द्र भट्ट र कोषाध्यक्ष करुणा विष्ट रहेका छन।

साथै मेलौली नगरपालिकाबाट प्रदेश नमुना युवा संसद अभ्यासका लागी दुई सदस्य समेत छनोट भएका छन। छनोट हुनेमा नवराज भट्ट र शुशीला भट्ट रहेका छन। नगरपालिकाभित्र युवा सम्बन्धी विभिन्न कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्नको लागि युवा क्लब सञ्जाल गठन गरिएको कम्प्युटर अपरेटर तथा कार्यक्रमका क्याडेट महेन्द्र सिंह नायकले बताए।

Leave A Reply

Your email address will not be published.