स्वास्थ्य कार्यालयकाे सञ्चारकर्मीसंग अन्तरक्रिया सम्पन्न

बैतडी : स्वास्थ्य कार्यालय बैतडीको सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रम गरेको छ। आज विश्व स्वास्थ्य दिवसको अवसर पारेर सञ्चारकर्मीसंग अन्तरक्रिया गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो।

अन्तरक्रियामा दशवटै पालिकाका स्वास्थ्यको अवस्थाको बारेमा जानकारी गराइएको छ। स्वास्थ्य पुर्वाधार,जनशक्तिलगायतका बारेमा छलफल गरिएको छ।

स्वास्थ्यको अधिकार स्थानीय तहलाई दिएको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेको सहभागीहरूले बताएका छन्। अन्तरक्रियामा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागीता रहेको थियो।

No description available.

Leave A Reply

Your email address will not be published.