सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग  (एनपीएल)  को फाइनलमा प्रवेश गरेको छ।

आज भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी लाइन्ससँगको भेट पक्का गरेको हो।

चितवनले दिएको १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ७ विकेट गुमाएर पूरा गर्‍यो । एनपिएलका तीनवटै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम एक्लो टोली बनेको छ।

पर्सि शनिबार एनपीएलको फाइनलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।

Leave A Reply

Your email address will not be published.