बैतडी-डडेल्धुराको भागेश्वर गाउँपालिकाले भागेश्वर जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै यस वर्षको भोगेश्वर जात्रा जाँत यही मंसिर ७ गते सोमबार पर्ने भएकाले गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र प्रसाद ओझाले जारी गरेको सूचना अनुसार उक्त दिन अत्यावश्यक सेवा बाहेक गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा गाउँपालिका अन्तर्गतका सबै संघसंस्थामा सार्वजनिक बिदा रहनेछ।
वैकुण्ठ चतुर्दशीका अवसरमा भागेश्वर मन्दिर धुरामा परम्परागत रूपमा जात्रा तथा मेला लाग्ने गर्दछ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको उक्त जात्रामा स्थानीय तथा टाढाटाढाबाट भक्तजनको सहभागिता रहने गरेको छ।
