पौष २२,विहिबार २०७८
बैतडी -मेलौली नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टलाई स्वागत गरिएको छ ।
विहिबार मेलौली नगरपालिका, उपप्रमुख राधिका कुमारी ओझा सबै वडाध्यक्षहरू तथा नगरपालिकाका कर्मचारहिरुले टिका लगाइ प्रमुख प्रशासकीय अधिकृत भट्ट लाई स्वागत गरेका हुन ।
हाजिर भए पछि नगरपालिका मा वडाअध्यक्षहरु ,कर्मचारी,भट्टलाई स्वागत कार्यक्रम राखेको थियो । हाजिर भएपछि उनलाई अबिरमाला खाँदा लगाएर उनलाई सम्मात समेत गरिएको हो ।
स्वागत कार्यक्रममा मेलौली नगरपालिका नगर उपप्रमुख ओझाले सेवा ग्राहीहरुलाइ मुस्कान सहितको सेवा प्रदान गर्न आग्रह गर्दै मेलौली नगरपालिकालाइ समृद्ध नगरपालिका बनाउन रोकिएका कामहरुले अब गति लिने प्रमुख प्रशासकीय अधिकृतको भूमिका अत्यन्तै महत्वपूर्ण रहने बताईन ।
यस अघि उक्त स्वागत कार्यक्रम नगरप्रमुख कुमारी राधा ओझा काम विषेशले वाहिर रहेकाले २० गते मंगलबारका दिन नगरप्रमुख कृष्ण सिंह नायक विभिन्न वडाका जनप्रतिनिधि र नगरपालिका विभिन्न शाखा कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृतहरुलाई फुलमालाका साथ स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा नगर प्रमुख कृष्ण सिंह नायकले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट लाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो क्रममा अधिकृत भट्टले मेलौली नगरपालिका को जनप्रतिनिधी ,कर्मचारी आम नागरीकलाई एकै साथ लिएर काम गर्ने बताए ।उनले आफुप्रति सबैलाई सहमति समुन्यय गरी कार्यसम्पादन गर्नै प्रतिबद्धता जनाए ।उनले यहाँका सम्पुर्ण जनप्रतिनिधी ,कर्मचारी वर्ग शिक्षक सहित नागरिकको जनभावना बमोजिम काम गर्नै वातावरण तयार पार्नै बताउदै त्यसको लागी सबैको सहयोगको अपेक्षा समेत गरे ।
नगरपालिकामा स्थानिय तहको निर्वाचित जनप्रतिनिधि आएदेखी भानुभक्त भट्ट आठौँ प्रमुख प्रशासकिय अधिकृत हुन ।