बैतडी-मेलौली नगरपालिकाको वडा न -१ मा वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । वडा न . १ को आयोजनमा स्तरिय क्रिकेट प्रतियोगिता सुरु भएको हो ।
वडा.न -१ भित्रका महिला तथा पुरुष क्रिकेट टिमहरु बिच प्रीतयोगितामा प्रतिस्प्रर्धा भैरहेको छ ।नगरपालिकाको वडा नं -१ को विठठ्ने खेल मैदानमा भैरहेको वडा स्तरीय क्रिकेट प्रतियोगितामा १४ ओटा टिमहरु रहेको वडा सदस्य राजेन्द्र सिंह विष्टले बताउनुभयो ।
आईतबार विठ्ठने खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन गरिएको भएको थियो ।प्रतियोगितामा छात्रहरुका लागी प्रथम पुरुस्कार १५ हजार दोस्रो पुरुस्कार ८ हजार र तृतिय पुरुस्कार ५ हजार राखिएको छ ,भने छात्रा तर्फ प्रथम पुरुस्कार १० हजार द्धितिय पुरुस्कार ५ हजार र तृतिय पुरुस्कार ३ हजार पुरुस्कार प्रदान गरिने वडा सचिव राज बहादुर चन्दले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा वडा न १ का वडा अध्यक्ष सरद सिंह नेगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान नगर प्रमुख कृष्ण सिंह नायक रहनुभएको थियो ।कार्यक्रममा विशिष्ट अतीथि मेलौली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्द, वडा न ७ का वडा अध्यक्ष रामचन्द्र भट्ट,वडा न ८ का अध्यक्ष तपेन्द्र सिंह विष्ट,वडा न ९ का वडा अध्यक्ष लोक राज भट्ट ,ने.क.पा एमाले प्रदेश कमिटि सदस्य चन्द्रकला साउँद,जिल्ला कमिटी सचिवालय सदस्य जगदिश सिंह नायक , ने.कपा एमालेका प्रकाश सिंह साउँद ,ने.क.पा माओवादी (केन्द्र)मेलौली नगरकमिटि अध्यक्ष मोहन दयाल,सचिव खेम राज भट्ट, नेपाल क्रिकेट संघ बैतडीका जिल्ला सदस्य सुरत पार्की लगायत रहनुभएको थियो ।
त्यसैगरी अतिथीहरुमा एकता महिला संजालका अध्यक्ष रुवी नायक ,ईप्रका मेलौलीका ईन्चार्ज नेरेन्द्र बहादुर चन्द,केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज मुकेशकान्त दयाल लगायत राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति समेत रहेको थियो।
प्रतियोगिताको उद्घाटन गर्नु हुँदै निवर्तमान नगरप्रमुख कृष्ण सिंह नायकले खेलकुदमा गरिने लगानीको प्रतिफल तत्काल नदेखिए पनि युवाहरूको शारीरिक, मानसिक र सामाजिक क्षेत्रमा र्पुयाउने योगदानको ठुलो महत्व रहेकोे बताउनुभयो ।कार्यक्रम संचालान शिक्षक हरि सिंह नायकले गर्नु भएको थियो ।