भुतपूर्व विद्यार्थी समाजले दियो पञ्चेश्वरको डुग्रीखान माविलाई ग्याभीन जाली

बैतडी : पञ्चेश्वर गाउँपालिका–१ मा रहेको डुग्रीखान माध्यमिक विद्यालयलाइ भुतपूर्व विद्यार्थी समाजले ग्याभीन जाली सहयोग गरेको छ। विद्यालयको माथिल्लो फिल्ड निमार्णका लागि २४ थान ग्याभीन तारजाली हस्तातरण गरिएको भुतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष प्रमल सिह घटालले बताउनुभयो। 

बुधवार विद्यालयका प्रधानाध्यापक ज्ञान सिह घटाललाई ग्याभीन तारजाली हस्तातरण गरिएको जनाईएको छ। करिव ६४ हजार मुल्य पर्ने ३–१ का १६ थान र १।५ का ८ थान ग्याभीन तारजाली विद्यालयलाई सहयोग गरिएको भुतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष घटालले जानकारी दिनुभयो। 

विद्यालयलाई भुतपूर्व विद्यार्थीहरुले सहयोग गरेकोमा विद्यालयले धन्यवाद ज्ञापन गरेको छ।

Leave A Reply

Your email address will not be published.