धनगढीमा मोटरसाइकको ठक्करबाट घाइते महिलाको मृत्यु

कैलाली-धनगढीमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१४ मा कात्तिक ८ गते मोटरसाइकलको ठक्करबाट घाइते भएकी ५० वर्षीय यशोदा रानाको शुक्रवार बिहान मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनगढीले लुम्बिनी प्रदेश ०१–००२ प २५६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी रानाको शुक्रवार बिहान ५ः२० बजे निर्सग अस्पतालमा मृत्यु भएको बताएको छ।

दुर्घटनापछि कैलाली अस्पतालमा भर्ना गरिएकी धनगढी–१५ की रानालाई मङ्गलवार निसर्ग अस्पताल लगिएको थियो। उनलाई ठक्कर दिने मोटरसाइकल र चालक फूलबारीका पूर्णबहादुर लिम्बुलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ। उनी पैदल यात्री हुन।

Leave A Reply

Your email address will not be published.