बैतडी : मेलौली नगरपालिकाले उन्नत जातको तोरीको विउ वितरण गर्ने भएको छ। कृषि विकास शाखाको आर्थीक वर्ष २०८१/०८२ वार्षिक स्वीकृत कार्यक्रम अनुसार हावापानि सुहाउदोँ उन्नत जातको तोरीको विउ वितरण गर्ने कृषि शखा प्रमुख अनिल प्रसाद पन्तले बताउनुभयो।
नगरपालिका क्षेत्रभीत्र न्यूनतम एक रोपनी क्षेत्रफलमा तोरी खेती गर्ने कृषकहरुले सम्बन्धीत वडा कार्यालयबाट तोरीको विउ लिन सक्नेछन। तोरीको विउ यहि कार्तीक २५,२६ र २७ गतेका दिन वितरण हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्किले बताउनुभयो।
